बुढानिलकण्ठ नगरपालिका वडा-८ स्थित घर भाडामा लिई ५ बंगलादेशी नागरिकहरलाई बन्धक बनाई राखेको अवस्थामा प्रहरीले उद्दार गरेको छ। वैदेशिक रोजगारीको लागि यूरोपियन मुलुक इटाली पठाइदिने भनि बंगलादेशी नागरिकहरलाई नेपाल बोलाई ठगि गरि बन्धक बनाई राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। बंगलादेशी नागरिकहरलाई नेपाल बोलाई ठगि गरि बन्धक बनाउने कार्यमा संलग्न ७ जना पक्राउ गरेका मध्ये ५ जना बंगलादेशी नागरिक आलु मामुन,बिलाल, रिबन बिश्वास,बाबु हुस्सेन,यमडि मसोभुर रहमान र एक भारतीय सरोज कुमार सहित एक नेपाली साहसी पाठक रहेका छन्। प्रहरीले निजहरुलाई माघ २० गते करीब एक बजेको समयमा भाडाको घर मै पक्राउ गरि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि थप अनुसन्धान अगाढि बढाइरहेको छ।


प्रतिकृयाहरु