इण्डोनेशियाको पश्चिम जाभाको चिआनजोरमा आएको भूकम्पका कारण कम्तीमा १६२ जनाको ज्यान गएको र कम्तीमा ७०० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। 

उक्त क्षेत्रका एक सरकारी अधिकारीले स्थानीय टेलिभिजनसँग कुरा गर्दै करिब २० जनाको एउटै अस्पतालमा ज्यान गएको बताए।

सयौँ मानिसहरूको उपचार भइरहेको उनले बताए।उक्त भूकम्प ५.६ म्याग्निच्युडको भएको र त्यसको कम्पन सय किलोमिटर पर रहेको राजधानी जाकार्तामा समेत अनुभव गरिएको बताइएको छ।