असोज ३ गते संविधान दिवसको अवसरमा बूढानीलकण्ठ नगरपालिकाभित्र बृहत सरसफाई कार्यक्रम आयोजना हुने भएको छ। नगरपालिकाको आयोजनामा हुन लागेको उक्त बृहत सरसफाइ कार्यक्रममार्फत नगर वासी तथा सबै नागरिकहरुलाई नगरपालिकालाई सफा र स्वच्छ बनाउने उद्धेश्य रहेको छ।

बूढानीलकण्ठ नगरपालिकालाई स्वच्छ र वातावरणिय मैत्री बनाउनु हामी सबैको कर्तव्य र जिम्मेवारी आ-आफ्नो धर, आँगन, वस्ती, व्यवसाय स्थल वरिपरि सफा र सुरक्षित राख्नेका लागि नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले आह्वान गर्नुभएको छ।

प्रत्येक वर्ष संविधान दिवसको दिनमा नियमित सञ्चालन गरिरहेको बृहत सरसफाई अभियानमा सम्पुर्ण नगरवासीलाई सहभागि हुका लागि नगरप्रमुख अधिकारीले हार्दिक अपील गर्नुभएको छ।

कार्यक्रम बिहान ७ बजे देखि सुरु प्रत्येक वडा कार्यालय देखी नगरपालिका हुँदै गोल्फुटारस्थित बास्केटबल कोर्टमा ९ः३० बजे समापन हुने भएको छ।