तम्घास, जेठ २२ गते । गुल्मीमा जंगली चितुवा मृत अबस्थामा फेला परेको छ ।जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्वर  ३ को लूम्छामा मृत अवस्थामा चितुवा  फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो । 

इलाका वन कार्यालय रिडीको टोली उक्त स्थानमा पुग्दै गरेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले जानकारी दिनुभयो । मृत अवस्थामा फेला परेको चितुवालाई कसैले मारेको वा आफै मरेको भन्ने बारेमा टोली पुगेपछि मात्रै थाहा हुने उहाँको भनाई छ । 

कसैले मारेको भएमा त्यसको अनुसन्धान गरी थप पक्रिया अगाडि बढाइने सापकोटाले जानकारी दिनुभयो ।