जनकपुरधाम, माघ ४ गते । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जनकपुरधामस्थित कोभिड विशेष अस्पतालको निरीक्षण गर्नुभएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित कोभिड विशेष अस्पतालको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाको टोलीले अनुगमन तथा निरीक्षण गरेको हो । उहाँले निरीक्षणका साथै अस्पताल र स्वास्थ सम्बन्धी विशेष छलफल गर्नुभयो ।

निरीक्षणको क्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. रामकेवल साहले प्रदेशको मातहतमा सञ्चालित कोभिड विशेष अस्पताललाई ध्यान दिन आग्रह गर्नुभयो ।

यस्तै प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव इमनरायण श्रेष्ठले कोभिडको विशेषलाई सुविधा समपन्न बनाउन मन्त्रीलाई आग्रह गर्नुभयो । उक्त टोलीमा मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्र, अस्पतालका चिकित्सक लगायतको सहभागिता थियो ।