बूढानीलकण्ठ नगरपालिकामा कोभिड-१९ विरुद्धको खोप कोभिसिल्ड ‘पहिलो मात्रा’ माघ १४ गतेबाट सञ्चालन हुन लागेको छ ।

नगरपालिकामा कुनै पनि खोपको एक मात्रा पनि नलगाएका व्यक्तिहरुका लागि माघ १४ गते देखि माघ मसान्त सम्म वडा नं ११ स्थित कपन स्वास्थ्य चौकि मा कोभिसिल्ड को पहिलो मात्रा दिन लागिएको हो ।

खोप केन्द्रको विवरणः

१. खोपः कोभिसिल्ड पहिलो मात्रा

खोप केन्द्रः कपन स्वास्थ्य चौकि, कपन, वडा नं ११

लक्षित समुहः हाल सम्म कुनै पनि खोप नलगाएका १८ वर्ष देखि माथिकालाई

मितिः २०७८ माघ १४ देखी माघ मसान्त सम्म

समय: बिहान १० देखि ३ बजेसम्म

थप जानकारीको लागि स्मिता रायमाझि (फोन नं. ९८४१९०८९४८) लाई सम्पर्क गर्नुहुन नगरपालिका जनस्वास्थ्य महाशाखाले अनुरोध गरेको छ। 

२. खोपः P-Fizer BioN Tech   

खोप केन्द्रः नगर अस्पतालमा, वडा नं १०, डिट्टाचौर

लक्षित समुहः १२ देखि १७ वर्षका बालबालिका (यस अघि छुट भएका)

मितिः २०७८।१०।१४ देखी माघ २२ गते सम्म

समय: बिहान १० देखि ३ बजे सम्म)

थप जानकारीको लागि कौसल अधिकारी (फोन नं. ९८०२३३९९५१) लाई सम्पर्क गर्नुहुन नगरपालिका जनस्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।

३. खोपः कोभिसिल्ड बुस्टर डोज

खोप केन्द्रः शिवपुरी हेल्थ केयर सेन्टर प्रा. लि., हात्तिगौडा, वडा नं. ७

लक्षित समुहः १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई

मितिः २०७८।१०।१४ देखी २२ गते सम्म

४. खोपः कोभिसिल्ड बुस्टर डोज

खोप केन्द्रः महाँकाल स्वास्थ्य चौकि, गोल्फुटार, वडा नं ०८

लक्षित समुहः १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई

मितिः २०७८।१०।१४ देखी २२ गते सम्म

थप जानकारीको लागि यि व्यक्तिहरुलाई सम्पर्क गर्नुहुन नगरपालिका जनस्वास्थ्य महाशाखाले अनुरोध गरेको छ ।

नामः लिलाधर भूषाल, गेहेन्द्र प्रसाद मिश्र

सम्पर्क नं. ९७४१०२७७९९ ,९८५१०७८४४२

नाम: मञ्जु वस्नेत

सम्पर्क नं. ९८४१६७७०३२