नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा। धनन्जय रेग्मी माथि छानविन गर्न समिति गठन भएको छ । बोर्ड सञ्चालक समितिको शुक्रवार बसेको बैठकले उहाँ माथि छानविन गर्न समिति गठन गरेसँगै रेग्मी निलम्बनमा परेको बोर्ड समितिका उपाध्यक्ष तथा छानविन समितिका संयोजक चन्द्र रिजालले जानकारी दिनुभयो ।

संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव तथा बोर्ड सञ्चालक समितिका अध्यक्ष महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले रेग्मीका काम कारवाहीमाथि छानविन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । रेग्मी २०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त हुनु भएकाे थियाे । रेग्मीले विमानस्थलमा अध्यागमनका कर्मचारीमाथि दुव्र्यवहार गरेपछि स्पष्टीकरण सोधिएको थियो ।