गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक डा. आशिष् कोजुलाई स्पष्टीकरण माग गरेको छ । बुधबार सूचना प्रकाशन गर्दै मन्त्रालयले नेपाल ए.पि.एफ.अस्पतालमा कार्यरत  डा. आशिष् कोजु मङ्सिर ११ गते देखि विना जानकारी सम्पर्क विहीन भएको भन्दै स्पष्टीकरण माग गरेको छ । 

कोजु उपर सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद १३ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) अनुसारको कसुरमा ऐ. नियमावलीको नियम ११० को खण्ड (ख) को (१) बमोजिम सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरी प्रधान कार्यालयले मन्त्रालयमा पत्राचार गरेको छ ।