काठमाडौँ, भाद्र २२ गते । 

इन्द्रजात्रा आजदेखि विधिवत रुपमा शुरु भएको छ । आज बिहान (बुधबार) ७:१७ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) पश्चात विधिवत रुपमा इन्द्र जात्रा सुरु भएको मानिन्छ ।


आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ । विशेषत आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आजको साँझ नेवार समुदायहरु मृतकको संझनामा बत्ती (पाल्चाः) दिदैँ नगर परिक्रमा गर्ने पनि परम्परा रहेको छ । भदौ २८ गते बेलुकी इन्द्रध्वजोपान पश्चात यो जात्रा समापन हुन्छ ।