कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ६ दाहाँकी १६ वर्षीय वालिका निरु बिक हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । निरुको हत्या भएको १८ महिनापछि दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । 

विशेष अनुसन्धान अधिकृतहरूलाई खटाएर अनुसन्धान गदै आएको प्रहरीले १८ महिना पछि घटनामा सङ्लन्न रहेको पुष्टि गदै दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वडा नं. ६ कै वर्ष ३० की कमला बिक र सोही ठाउँका वर्ष ४७ का हाल खाँडाचक्र नगरपालिका वडा नं ३ ताडी बस्दै आएका नेपाली रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता प्रहरी निरीक्षक सुबराज बमले सुरु देखि घटनामा सङ्लन्न छन् भन्ने आधार भेटिएकाले अनुसन्धानमा रोखेको र केही प्रमाण फेला परेपछि पक्राउ गरी अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको बताउनुभयो । उहाँले घटना अनुसन्धानमै भएकाले केही कुरा गोप्य राखिएको र केही दिन पछि सार्वजनिक गर्ने बताउनुभयो । 

पक्राउ परेकी कमलाले भदौ ४ गते निरुवालाई ओढ्ने पछ्यौरी समेत दिनुभएको खुलेको थियो । निरु बिक २०७८ साल भदौ चार गते घरबाट साँझ निस्किएकी थिइन । 

निरुको चार दिनपछि भदौ सात गते आधा शरीर जङ्गली जनावरले खाएको अवस्थामा शव फेला परेको थियो । घटना रहस्यमय भएको भन्दै जिल्ला प्रहरी कार्यालय कालीकोटले सुस्म अध्ययन गरेको थियो । 

पक्राउ परेकी कमलाले किशोरीलाई ओढ्ने पछ्यौरी दिएको समेत कुरा खुलेको थियो । तर घटनामा संलन्नहरुले नै घटनालाई तोडमोड गर्न धेरै प्रयास गरेका थिए ।