सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितबाट प्रतिबन्धित लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-५ का भीम तामाङ र बेलका नगरपालिका-४ उदयपुरका सुमन नेपाली रहेका छन । बिहिवार राती इटहरी-४ स्थित सार्वजनिक बाटोमा गाँजा खरिद बिक्रि भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा संकास्पद अवस्थामा प्रदेश १-०२-०४७ प ११५४ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुले बोकेको झोला चेक जाँच गर्ने क्रममा ९ सय ३० ग्राम गाँजा बरामद गरेको हो । 
लागू औषध गाँजा सहित पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम  म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ ।