नेपालमा मोइ थाई खेलको विकास एवं मोइ थाई खेल संस्कारको प्रवर्धन गर्ने उद्देश्यका साथ डब्लु.बि.सि. मोई थाई (WBC Muay Thai) छनौट खेल (कार्यक्रम) सञ्चालन हुन गईरहेको छ ।बूढानीलकण्ठ नगरपालिका वडा नं ५, डाडागाउँमा स्थापना भएको डब्लू.बि.सि. मोई थाई नेपालको आयोजनामा उक्त छनौट कार्यक्रम सञ्चालन हुन लागेको हो ।

पत्रकार सम्मेलन मार्फत आयोजकले हरेक खेलाडीको खेलको मुल्याङ्कन गर्ने र सोहि अनुसार शिर्ष खेलाडीहरुलाई प्रोफेशनल फाइटमा सहभागी गराउने उद्देश्यका साथ छनौट कार्यक्रम आयोजना हुन लागेको जानकारी दिएको छ ।

कार्यक्रम चैत्र १२ गते (शनिबार) १० बजे देखि सुरु हुनेछ ।

यस छनौटबाट Under 17 Canada  मा हुन गईरहेको WBC Muay Thai World Youth Games  मा उत्कृष्ट खेलाडीलाई सहभागी गराईने डब्लु.बि.सि. मोई थाई अध्यक्ष राजु राईले जानकारी दिनु भयो । सँगै Fly Weight Division मा महिला क्याटोगोरी डब्लु.बि.सि. मोई थाई राष्ट्रिय च्याम्पियन बनाउने राईले जोडे ।

डब्लु.बि.सि. मोई थाई (WBC Muay Thai) को पृष्ठभुमि

डब्लु.बि.सि. मोई थाई २००४ मा थाईल्याण्डको बैंककमा विश्व भक्सिड परिषद अन्तर्गत विश्वभर प्रोफेसनल बेनाड़ी हरु उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको एक मुनाफा रहित संस्था हो । यस संस्था को प्रधान कार्यालय थाईल्यान्डको बैंकमा रहेको छ यस खेलको सम्पूर्ण निति नियमहरु (बोर्ड अफ स्पोट खेल प्राधिकरण पाईल्यान्डले नै निर्धारण गर्ने छ ।

नेपालमा यस संस्थाको स्थापना २७ अगष्ट २०२१ मा नपा ५ डाडागाउँ मा भएको हो हालै यस मोई थाई खेलले ओलम्पिक मान्यता समेत प्राप्त गरेको छ ।

कार्यक्रमको विवरण

शिर्षक: डब्लू.बि.सि. मोई थाई नेपाल सेलेक्सन गेम

मितिः २०७८/१२/१२ गते शनिवार

समय: १०:०० बजेदेखि