काठमाडौं, असार १५ गते । पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार आठ जनाको पीसीआर परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, ६१२ जनाको एन्टीजेन परीक्षण गर्दा थप ११ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य छ । अहिले देशभर २६१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिन दैनिक सङ्क्रमण बढ्दै गएको छ ।