बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (BMCA)  को आयोजनामा प्रथम बी.एम.सी.ए. अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सञ्चालन हुन लागेको छ ।

बूढानीलकण्ठ वडा नं २ बदेलिमा रहेको सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित यस विद्यालयले (भोलि) जेठ १७ गते बुधबारदेखि जेठ २७ गते शनिबारसम्म ११ दिने प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा सिनियर छात्र, सिनियर छात्रा र जुनियर टिम तर्फ गरी उपत्यकामा रहेका बिद्यालयका कुल ५३ वटा टिमको सहभागीता रहने विद्यालय प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबाट आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । जस अन्तरगत सिनियर छात्रतर्फ २७ टिम, सिनियर छात्रातर्फ १६ टिम र जुनियर छात्रतर्फ १० टिम सहभागी हुने छन् । 

प्रतियोगिताको सम्पुर्ण खेल विद्यालयको आफ्नै कोर्टमा सञ्चालन हुने प्रतियोगिता संयोजक एवं प्रशिक्षक मीन खड्काले जानकारी दिनुभयो । प्रतियोगिता‍लाई भव्य र सव्य रुपमा सञ्चालन गर्नका लागी व्यवस्थापकीय पक्षका सम्पुर्ण तयारी भईसकेको खड्काले बताउनु भएको छ ।  ।

प्रतियोगिताको प्रथम हुने टिमलाई नगद रु.१५ हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने द्वितीय टिमलाई रु.१० हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण-पत्रले सम्मान गरिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतियोगिताको खेल संयोजक पुर्ण न्यौपानेका अनुसार प्रतियोगिताको Best Three Pointer र Highest Scorer लाई सिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिने छ भने उत्कृष्ठ खेलाडीलाई भने सिल्ड, मेडल र प्रमाणपत्र सहित नगद रु. १ हजार दिईने  व्यवस्था गरिएको छ ।

आज भएको पत्रकार सम्मेलनमा बूढानीलकण्ठ नगरपालिकाका पुर्व मेयर एवं विद्यालयका गुठियार उद्धव प्रसाद खरेल, वडा नं २ अध्यक्ष राजेन्द्र श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी देवी तामाङ, गुठियार बासुदेव थापा, विद्यालय प्रधानाध्यापक मोहनप्रसाद भट्ट, वास्केटबल प्रशिक्षक एवं प्रतियोगिता संयोजक मीन खड्का र बास्केटबल प्रशिक्षक एवं खेल संयोजक पुर्ण न्यौपानेको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित निवर्तमान नगर प्रमुख एवं गुठियार उद्धव प्रसाद खरेलले शिक्षा र खेलकुदलाई समानान्तर रूपमा अगाडि बढाउने उद्देश्यका साथ यस प्रतियोगिता आयोजना गर्न लागेको बताँउनुभयो । उपत्यका व्यापि रुपमा यस विद्यालयले आयोजना गर्न लागेको यो एक ऐतिहासिक बास्केटबल प्रतियोगिता भएकोले सम्पुर्ण नगरवासीहरुमा खेल अवलोकन गर्न आउनुहुन उहाँले निमन्त्रणा गर्नु भएको छ ।