प्रहरीले चोरीको मोटरसाइकलसहित चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका र मदिरा भन्सार छलेर ल्याउनेलाई आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा सार्वजनिक गरेको छ।

सर्लाही जिल्ला बरहथवा नगरपालिका ३ स्थित मुर्तियाका दुर्गाबहादुर स्याङतानलाई चोरी गरेको मोटरसाइकलसहित पक्राउ गरिएको हो।

गत शुक्रबार हेटौँडा उपमहानगरपालिका १० स्थित टिसिएन रोडका अशोककुमार सिंहले आफ्नै घर अगाडि पार्किङ गरी राखेको बा. प्र. ०३–००१ प ३४५९ नम्बरको १५५ सिसिको निलो रङ्गको मोटरसाइकल चोरी भएको थियो। 

बरामद भएको मदिरा, सवारी साधनसहित चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइने भएको छ।

कारचालक भारत कलोनी रघुवीर नगर सुवासनगर पश्चिमी दिल्लीका २७ वर्षीय बिक्की, उत्तर पश्चिम दिल्लीका २५ वर्षीय राहुल, पश्चिमी दिल्लीका २८ वर्षीय कुनाल, रघुवीर नगर टैगोर गार्डेन पश्चिमी दिल्लीका ३१ वर्षीय नहिम र पश्चिमी दिल्लीका ३७ वर्षीय राजुलाई प्रहरीले मदिरासहित नियन्त्रणमा लिएको छ।

बरामद गरिएको मदिरा र कारसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय, मकवानपुर परिसरमा आइतबार सार्वजनिक गरिँदै ।