बन्द कोठाका ति ऐनामा आफुलाई निहाल्दै छौ किन ,
त्यो ऐनामा आफ्नो आकृति हेरी घृणा मान्दै छौ किन ,
दुनियाँले हेर्ने नजरको फरकै नबुझी ,
आफ्नो त्यो सुकोमल शरीरको अरु संग तुलना गर्दै छौ किन ,

ऐनामा निहाली निहाली आफ्नो खराबी खोज्दै  छौ किन ,
भगवानले आफुलाई मात्र भिन्न बनाएको सोच्दै छौ किन ,
तिम्रो त्यो शरीरको बनावट नै भिन्न छ ,
त्यसलाई तिमि तिरस्कार र ईर्ष्या गर्दै छौ किन ,

अरुका लागि आफु परिवर्तन परिवर्तन हुनु राम्रो मान्दै छौ किन ,
आफुलाई अरु भन्दा खराब र कुरुप ठान्दै  छौ किन ,
आफ्नै शैलीमा बस्न नजानी 
अरुको भनाईमा मात्र बाँच्न जाँदै छौ किन ,

आफुलाई हेर्ने ति आँखा सानो नभई ठुला चाहियो रे 
आफ्नो प्रिय मुस्कान दर्शाउने ओठ पातलो नभई मोटा चाहियो रे ,
आफ्नो मन उच्च नभई छाती उच्च चाहियो रे ,
आफ्नै अस्तित्व मेटाउने प्रयासमा लाग्दै छौ किन ,

दुनियाँका कुरामा झूक्याउँदै छौ किन ,
दैवले कसैलाई बनाएन छुट्याएर 
तिमीलाई पनि माटोले होइन भावनाले गरेको सृष्टि हो ,
यसलाई खराब ठान्ने तिम्रा नै ति नराम्रा दृष्टि हो। 

स्वस्तिका गिरि 
कक्षा -८ 
सदन - सुन्तले (मेची )

Trungram International Academy 

Budhanilkantha Municipality-7