बुढानीलकण्ठ युवा समाजले आयोजना गरेको बूढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिताको ८ औ संस्करणको पहिलो खेलमा बु न पा १३ को चुनदेबी ले बु न पा ५ को बुढानीलकण्ठ युवा समाजलाई ७-१ को गोल अन्तरले जितेको छ | खेलको पहिलो हाल्फ़ देखि खेल लाई आफ्नो पकडमा राखेको चुनिखेल चुनदेबिले उत्कृष्ट खेल खेल्दै प्रतियोगितामा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ | प्रतियोगिताको पहिलो ह्याट्रिक सहित रोशन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए | एकतर्फी खेलमा ७ गोल गर्दै बिजयी हासिल गरेको बु न पा १३ को टिमले आजको दोश्रो खेलमा समेत बु न पा ६ को राम सिता क्लबलाई टाइब्रेकर मा पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ | प्रतिस्पर्धात्मक दोश्रो खेलमा बु न पा १३ का गोल रक्षक मनोज श्रेष्ठ म्यान अफ त् म्याच चुनिए | प्रतियोगिताको म्यान अफ द म्याच लाई सबरत अग्रो ले गिफ्ट ह्याम्पर मा शक्तिबर्दक जुस  प्रदान गरेको थियो | प्रतियोगिताको प्रथम पुरष्कार फ्रयाङ्कलिन एजुकेशनल कन्सल्टेन्सीले प्रायोजन गरेको छ |