काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार आरडीटी  परीक्षण गर्दा तीन जनामा हैजा पुष्टि भएको हो । 

 हैजा पुष्टि भएका तीन जनामध्ये पाटन अस्पताल  एक र स्टार अस्पतालमा दुई जनाको उपचार हुँदै छ। 

योसँगै काठमाडौंमा उपत्यकामा हैजा संक्रमितको हुनेको संख्या १२ पुगेको छ।