बूढानीलकण्ठ ‍नगरपालिका वडा नं ०२ स्थित चपलि घुम्तिमा रुद्राक्ष फिटनेस सेन्टरको आज भव्यताका साथ उद्घाटन गरिएको छ ।

फिटनेस सेन्टरको आज (शनिबार) विशिष्ट अतिथि सफल व्यवसायी एवं अन्नपूर्ण मिडिया र सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा तथा प्रमुख अतिथि नेपाल बक्सिङ संघका उपाअध्यक्ष अर्जुन के.सि., वडि बिल्डिङ वर्ल्ड च्याम्पियन महेश महर्जन, वडा नं ०२ अध्यक्ष राजेन्द्र श्रेष्ठ, वडा नं ०२ निवर्तमान अध्यक्ष राजेन्द्र खड्का, समाजसेवि बिदुर बिक्रम खड्का लगायत नेपाल मईथाईका संस्थापक अध्यक्ष नवराज भण्डारी र फिटनेस खेलाडीहरुको उपस्थितमा समुद्घाटन गरिएको हो ।

युवा खेलकुद तथा व्यायम क्षेत्रमा सक्रिय रहेका वडा नं ०२ स्थायी वासिन्दा विशाल विक्रम खड्का र श्री कृष्ण खड्काको संयुक्त लगानिमा रुद्राक्ष फिटनेस सेन्टर सञ्चालनमा आएको हो । "स्वस्थ नागरिक स्वस्थ राष्ट्र"नारा सहित सञ्चालनमा‌ आएको फिटनेस सेन्टरले समाजमा उच्च कोटिकोको व्यायामशाला सञ्चालन गरि युवा वर्गमा अन्तराष्ट्रिय स्तरको प्रशिक्षक सहित राष्ट्रलाई स्वस्थ युवा तयार गर्ने आफ्नो प्रमुख दायित्व रहेको सञ्चालक विशाल विक्रम खड्काले बताए ।

उद्घाटनका अवसरमा एक सातासम्म सेवाग्राहीहरुलाई भर्ना शुल्कमा २० प्रतिशत छुट दिइने उनले जानकारी दिए । उद्घाटन समारोहमा बूढानीलकण्ठ भेगको फटनेस क्षेत्रलाई योगदान पुर्याउने महत्वपूर्ण कार्य सुचारु भएकोमा सञ्चालक समुहलाई बधाई दिनुभएको थियो ।

आज मात्र करिव ७० जनाले नाम दर्ता गराईसकेको र भोलिबाट बिहान ५ बजे देखि बेलुका ८ बजे सम्म नियमित रूपमा सञ्चालन हुने सञ्चालक समुहले जानकारी दिएको छ ।