बूढानीलकण्ठ नगरपालिका वडा ६ मा अत्याधुनिक सुबिधा सम्पन्न 'हेभेन्स्केप ब्युटीहोम' को उद्घाटन भएको छ | बूढानीलकण्ठ नगर भित्र सुबिधा सम्पन्न ब्युटी होमको आवश्यकता भएर नै  ब्युटीहोम संचालनमा ल्याएको संचालिका शर्मिला थापाको भनाई रहेको छ | 

ब्युटीहोमको उद्घाटनमा अनाथालयमा रहेका बालबालिकाहरुको केश काटी सुरु गरिएको थियो | सामाजिक उत्तरदायित्व वहन गर्दै अनाथालयमा रहेका बालबालिकालाई सहयोग पुग्ने काम गर्ने उद्देश्यका साथ 'हेभेन्स्केप ब्युटीहोम' को स्थापना गरिएको शर्मिला थापाको दावी रहेको छ |

दक्ष जनशक्ति सहित सौन्दर्यको सबै पाटा सम्बोधन गर्ने हेतुका साथ 'हेभेन्स्केप ब्युटीहोम' मा स्पाको समेत सुबिधा उपलब्ध रहेको छ |  'हेभेन्स्केप ब्युटीहोम' को उद्घाटनको अवसरमा उद्घाटन भएको ६ दिनसम्म आफ्नो सेवा सुविधामा ३०% छुट प्रदान गरिने समेत जनाईएको छ |

पछिल्लो समय बुढानीलकण्ठ नगरपालिकामा आन्तरिक तथा बाह्यपर्यटनको गन्तव्यका रुपमा प्रख्यात रहेको छ । सोहि अनुरुप पर्यटकीय मागलाई सम्बोधन गर्न ठूलाठूला होटेल तथा रिसोर्ट समेत संचालन हुँदै आएको छ |