बुढानीलकण्ठ नगरपालिकाको योजना अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक श्री अनिता लामासहितको टोलीद्वारा 'असल अभ्यास कार्यक्रम' अन्तर्गत बागमती प्रदेश तथा गण्डकी प्रदेशका ४ वटा नगरपालिका तथा गाउँपालिकाहरुमा छलफल, अन्तरक्रिया तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
२०८१ चैत्र ८ र ९ गते (दुईदिनमा) दुई प्रदेशका ४ वटा पालिकाहरु जसमा बागमती प्रदेश, अन्तर्गतका ३ पालिकाहरु जसमा मकवानपुर जिल्लास्थित थाहा नगरपालिकाका उपप्रमुख एवं योजना तथा अनुगमन समितिका संयोजक श्री भरत गोपाली, धादिङ्ग जिल्लाका दुई पालिकाहरु नीलकण्ठ नगरपालिकाका उपप्रमुख एवं योजना तथा अनुगमन समितिका संयोजक श्री दिपक विश्वकर्मा र त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष एवम् योजना अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक श्री देवराज धरेल तथा गण्डकी प्रदेश, बन्दिपुर तनहुँ जिल्लास्थित बन्दिपुर गाउँपालिकाका अध्यक्ष श्री सुरेन्द्र बहादुर थापा र उपाध्यक्ष एवम् योजना अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक श्री पञ्च माया गुरुङ्ग सहित समितिका पदाधिकारीहरुसँग अन्तरपालिका समन्वय तथा सहकार्यका सिलसिलामा छलफल एवम् अन्तरक्रिया सम्पन्न गरिएको छ।
उक्त भेटघाट कार्यक्रममा बु.न.पा. द्वारा यस नगरपालिकामा भइआएको योजना अनुगमन तथा मुल्याङ्कनका कार्यगतिविधी बारे आफ्नो अनुभव, चुनौती तथा समाधानका पाटोहरुलाई प्रस्तुत गर्दै अन्य ४ पालिकाहरुमा भएगरेका अनुगमन तथा मुल्याङ्कनका विषय, चुनौती तथा समाधानका विषयहरु आदान प्रदेन गरिएको छ।
प्रतिकृयाहरु