उनको शव ओखलढुंगाको सीमाक्षेत्रस्थित सुनकोशी नदीमा भेटिएको प्रहरीले जनाएको छ । ओखलढुंगाको सुनकोशी नदीकिनारामा शव फेला परेपछि पुष्टिका लागि परिवारमा फोटो पठाइएको थियो । पराजुलीको काटिएको कपाल र पिसाब थैलीको आधारमा शव पुष्टि भएको प्रहरीको भनाइ छ ।
तिलकुमारीसँगै नदीमा बेपत्ता भएका उनका ६८ वर्षीय श्रीमान् केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ । प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयवासीले उनको निरन्तर खोजतलास गरिरहेका छन्।
प्रारम्भिक जानकारी अनुसार मृतक तिलकुमारी लामो समयदेखि बोनम्यारो क्यान्सरबाट पीडित थिइन ।केदारनाथले उनलाई पिठिउँमा बोकेर दोलालघाटसम्म पुऱ्याई नदीमा हाम फालेको प्रत्यक्षदर्शी र सीसीटीभी फुटेजका आधारमा खुलेको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र बेपत्ता केदारनाथको खोजी कार्यलाई तीव्रता दिइएको जनाएको छ ।

प्रतिकृयाहरु