केहि दिन अगाडी बूढानीलकण्ठ नगरपालिकाले नगर गेट बनाउने खाका योजनाको आव्हान गरे पश्चात नगर प्रमुख उद्धवप्रसाद खरेल एका  एक चर्चामा आए | उसोत् नगर गेट निर्माणको लागी टेण्डर आव्हान गरे पश्चात पार्टी पंक्ति भित्र आलोचना खेपी रहेका मेयरलाई कान्तिपुर टेलिभिजनको फजुल खर्च शिर्षकको समाचारले सर्वत्र आलोचित गरायो | कोभिड १९ नियन्त्रणको लागी नगरपालिकाले गरिरहेको थोर बहुत काम पनि ओझेलमा पर्यो | आर डी परिक्षण देखि सुरु भएको कोभिड माह्तमय पि सी आर सम्म आई पुग्दा झन्डै एक हजारको हाराहारीमा परिक्षण गरिएको मध्य कोभिड प्रभावित १२५ जना भन्दा धेरै संक्रमित बुढानीलकण्ठ नगर भित्र फेला परिसकेको छ र धेरैले स्वस्थ लाभ समेत लिई सकेका छन् | स्वस्थ लाभ लिने संक्रमितहरुको लागी स्थानीय सरकारले पि सी आर मात्र गरेर आफ्नो दायित्वो पुरा गरे झैँ देखिन्छ | 

 मेयर खरेल सर्बज्ञानी हुन् उनीलाई ज्ञान नभएको प्रसंग केहि छैन जस्तो लाग्छ | नगर गेट निर्माणको सूचना आए पश्चात यो निर्णयको प्रतिकार गर्ने लाई सामाजिक संजाल्मै जवाफ फर्काउने क्रममा खरेलले कोरनको नाममा बिकाश निर्माण रोक्न नहुने तर्क प्रस्तुत गरे | कोभिड को यो महामारीमा नगर गेट बनाउन शायद गेट बाट कोराना लाई बुढानीलकण्ठ प्रबेशमा कडाई गर्न लागिएको हो कि भनेर  समेत मेयर खरेल लाई व्यंग गर्ने जमात प्रशस्त भेटिन्छ |

नगर गेट निर्माणको लागी चालु आर्थिक बर्षमा योजना बने नबनेको जिकिर नगरे पनि मेयर खरेलले कोभिड १९ रोकथाम संग संगै बिकास निर्माणको कामलाई निरन्तर दिनु पर्ने बताउछन | विदेश बाट आएका मानिसहरुलाई ट्रेसिंग गर्ने होम क्वारिनटिनमा राख्ने अईसोलेसन बनाउने काम हुदै गरेको बताउने मेयर खरेल नगर गेट प्रसंगले आलोचित छन् | काठमाडौँको नगरपालिकाहरु मध्य कोराना हट स्पट बनेको नगरमा एउटा गतिलो अईसोलेसन कक्ष् बनाउन ध्यान नदिने अनि नगर गेट बनाउन बोलपत्र आव्हान गर्ने भनेर खरेलको कार्य शैलीको बिरोध भए पनि त्यस तर्फ मेयर खरेलले वास्ता गरेको देखिदैन | बु न पा ६ मा रहेको छहारी भावनालाई पछिलो पटक नगरपालिकाले क्वारिनटिन बनाएको थियो | वर्तमान समयको आबश्यकता भनेको कोभिड १९ रोकथाम नै हो हालको निषेधाज्ञा फेरी लम्बियो भने के कस्तो नीति लिने भनेर अबलम्बन गर्नु साटो गेट निर्माणलाई प्राथमिकतामा राखेको हुदा अहिले बुढानीलकण्ठ नगरले गरेको रामो काममा समेत प्रश्न चिन्ह लागेको छ |

मोनोरेल ,धार्मिक पर्यटन ,स्थानीय परिकार ,शिक्षा , खेल्खुद ,सबै बिषयमा ज्ञान भएको नगरप्रमुखले नगर गेट निर्माण गर्ने कुरा गर्दा पार्टी पंक्ति बाट नै आलोचित किन हुनु परेको भनेर हेर्न धेरै टाडा जानु पर्दैन बूढानीलकण्ठ नगरपालिकामा खरेल युग सुरु भई सके पश्चात आफ्ना आफन्त र नातागोतालाई सेट गरेको भनेर पार्टी पंक्तीका कार्यकर्ता खरेलको कटाक्ष् गर्न छोड्दैनन | समग्र बुढानीलकण्ठ नगरको प्रसंग उल्लेख गर्दा कोराना नियन्त्रण र रोकथामको काम प्रदेश सरकारले पहिले गर्ने कि स्थानीय सरकारले पहिले गर्ने भनेर प्रदेश सभा सदश्य र नगर प्रमुख बीच कतै हानथाप त भएको छैन भनेर अड्कलबाजी लगाउने प्रसस्त ठाउँ समेत भेटिन्छ | कोभिड रोकथामको समयमा नगर गेट बनाउन बोलपत्र आव्हान गर्दा मेयर खरेलको अजासुपन मात्र नभई उनका सल्लाहकारहरुको विज्ञता माथी समेत प्रश्नचिन्ह उठेको छ | कोराना संक्रमणको उच्च जोखिममा रहेको बुढानीलकण्ठ नगरपालिकामा स्थानीय निकायको अर्जुन दृष्टि अहिले समुदाय स्तरमा फैलिएको कोराना नियन्त्रणमा रहनुपर्नेमा त्यसो नभएको देखिन्छ | पछिल्लो समय जनप्रतिनिधिले नियम बिपरित ७० लाखको हाराहारीमा रकम बाडेको महालेखाको प्रतिबेदनले समेत बुढानीलकण्ठ नगरका मेयर उद्धवप्रसाद खरेल चर्चामा छन् |