कोभिड १९  कौ माहाब्याधीको बिषयमा जे जस्तो मतहरु आइ रहेपनी आजको दिनसम्म यस्ले पुरै बिस्वलाई आक्रान्त पारीरहेको अबस्थामा हाम्रो देश नेपालपनी यसबाट अछुतो रहन सकेको छैन। पुरै देशलाई गांजीरहेको वर्तमान परीपेक्षमा हाम्रो बुढानिलकण्ठ नगर पालीका पनी कोभिड १९  बाट आक्रान्त भईरहेको छ।यस नगरपालीका उपत्यकामा रहेको अन्य नगरपालीकाहरु मध्य क्षेत्र र जन संख्याको हिसाबले ठुलो नगरपालिका भित्र पर्ने हुंदा आजको दिन सम्म कोभिड १९  बाट संक्रमण हुंने को संख्या पनी धेरै नै देखीदै गएको छ। केही कमजोरीका बाबजुद नगरपालिका ले आफ्नो स्रोत र साधनले भ्याए सम्म नियन्त्रणको कार्य गरी रहेको छ जुन मनन योग्यछ नै छ। आकस्मीक रुपमा देखा पर्ने कोभिड १९  जस्तो भाइरस संग लड्न नगरपालिकाको आफ्नै मातहतमा कुनै पनी सुबिधा सम्पन्न स्वास्थ्य संस्था नरहेको र नगरपालिका क्षेत्र भित्र समेत ठुल ठुला निजी स्वास्थ्य संस्था हरु नहनुले नगरपालिकालाई पक्कै असहज्ता भएको छ यसमा दुईमत छैन तर असहज्ता भयो भन्दैमा जन्ताको जिबन संग खेलबाड गर्ने छुट नगरपालिकालाई छैन र हुंदैन त्यसकारण नगरपालिका जन्ताको जिबन रक्षा संग द्रिढ संकल्पीत छ रहनेछ। सरकारले कोभिड १९  बाट संक्रमीत हरुलाई ब्यबस्थापन गर्ने नाममा दिनै पिछे नितीहरु बनाउने अनी परीवरतन गर्दै आएको छ जुन बिस्वासीलो भरपरदो हुन सकिरहेको छैन। सुरुको चरणा देशभरीका बिद्यालयहरु लाई क्वारेनटाईनको रुपमा प्रयोग गर्ने निती बनायो प्रयोग पनी गर्यो तर त्यसको जनस्तरमा बिरोध भयो अनी सरकारले सबै स्थानीय निकायहरूलाई तत्काल बिधालयहरुबाट क्वारेनटाईन हटाउन निर्देशन मात्र दियन बिधाध्यालयहरुमा अबका दिन क्वारेनटाईन राख्न नपाउने निती समेत बनायो जस्को कारण देशभरीका बिध्यालयहरु क्वारेनटाईन मुक्त भय तर आज यसै बुढानिलकण्ठ नगर पालीकाको वडा नम्बर ५ मा रहेको शैक्षिक गुठी द्वारा संचालित बुढानिलकण्ठ स्कुलमा कोभिड १९  को भाइरसबाट संक्रमीतहरुलाई राख्न आईसोलेसन केन्द्र बनाउने बजार हल्ला चलेको छ। त्यती मात्र होइन जिम्मेवार ब्यक्तीहरुले आईसोलेसन केन्द्रको लागी निरीक्षण गरी नगरपालिका र प्रदेश सरकार बाट बजेट बिनीयोजन गरी भौतिक निर्माण र ब्यबस्थापनमा लागी परेको समेत अनलाईनहरुमा समाचार आउन थालेका छन।

मेरो सबै महानुभाबहरु संग बिनम्र अनुरोध र जिज्ञासा के छ भने के राज्यको परीभाषा भित्र बुढानिलकण्ठ स्कुल पर्दैन? के राज्यको नितीलाई कुल्चने अधीकार तपाई हरु संग? हैन भने भदौरे पानी जस्तै सस्तो लोकप्रियताको लागी बजार हल्ला किन गर्नु हुन्छ? राम्रा जनहितकारी पारदर्शी कार्यहरु गर्नुहोस् जन्ता आफैले ढोल पिटेर बजार तताउछन। महोदयहरु तपांईहरुलाई कसैले भनीरहनु पर्दैन Right time, Right decision & Right person को कती महत्व हुन्छ भनेर बेफ्वाँकमा सस्तो लोकप्रियता लागी आफै हलुको हुने कार्य नगर्न मेरो सुझाव छ। बुढानिलकण्ठ स्कुल यो ब्यबस्था यो सरकारको उपज होइन त्यसकारण यस्को महत्व र ऐतीहांसिकताको सम्मान गर्नु हामी सबैको कर्तव्य हो। बिगतदेखीलाई हेरदा बुढानिलकण्ठ स्कुलले स्थानीयलाई लाभ भन्दा बढ्ता हानी गरेपनी यो राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा ख्याती प्राप्त बिध्यालय हो भने यो भौतिक सुबिधाले भरीभराउ छ साथ साथ शिक्षाको स्तरपनी निकै माथी छ त्यहीकारण बिधारथीहरुको पहीलो रोजाइको बिधालय बन्न आज पनी सफल छ। सिधै शिक्षा मन्त्रालयको निगरानीमा चल्ने बिधालय भएर होला बेला बेलामा देशको मन्त्री देखी प्रधानमन्त्री सम्मको चासो पर्ने गर्छ। यो बिद्यालयलाई चासोको अनुरुप देशकै शैक्षिक केन्द्र "Education HUB" को रुपमा बिकास गर्न कम्मर कसरे लाग्नु पर्नेमा सरकारको निती बिपरीत यस्को ख्यातीलाईनै समाप्त गर्ने मात्र नभई बिधालयलाई पूर्ण रुपमा धरासयी बनाउने उदेष्यले बिधालयमा कोभिड १९  बाट संक्रमीतहरुको लागी आईसोलेसन केन्द्र बनाउने योजना दुर्भाग्य पूर्ण छ। यस बिध्यालयलाई आइसोलेसन केन्द्र बनाउन उपयुक्त नहुनाको कारणहरु।

१) बिद्यालयलाई क्वारेनटाईन बनाउन नपाइने सरकारको निती बिपरीत हुंने।

२)बिद्यालयलाई आईसोलेसन केन्द्र बनाउदा अधध्यनरत बालबालीका हरुमा शाररीक तथा मानसिक असर गर्ने।

३) करडौ खर्च गरी आइसोलेसन बनाएपछी कोभिड १९  को भाइरस निर्मूल नहुनजेल सम्म बिध्यालयलाई आईसोलेसन केन्द्रको रुपमा प्रयोगआउने जस्को कारण लामो समय सम्म बिध्यारथीहरुको सम्पूर्ण शैक्षिक गतीबिधील ठप्प हुंने।

४) बिद्यालयमा लामो समय सम्म शैक्षिक गतीबिधी र पठन पाठन ठप्प भय पछी बिध्यालय बिध्यालयको रुपमा नरहने।

५)बिद्यालयले स्वतन्त्र रुपमा आफ्नो शेक्षीक गतीबिधीले सुचारु गर्न नपाए पछी बिधालयको शैक्षिक स्तर स्वत कमजोर हुंने। ६) बिध्यालय बिध्यालयको रुपमा नरहेपछी बिधारथीको आकर्षण घट्नेमात्र होइन यस्को हिजो देखीको राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति समाप्त भई बिध्यालय खारेज तर्फ जान सक्ने सम्भावना हुंदा यस बिध्यालयलाई आइसोलेसन केन्द्रको रुपमा छनोट गरी प्रयोग गर्न खोज्नु कुनै पनी मानेमा लाभदायक हुंनेछैन l -लेख किरन शाह