काठमाण्डौं, आश्विन २३ गते । दशैं मनाउन काठमाण्डौंबाट बाहिर जानेको निकै ठूलो लर्को लाग्न थालेको छ । घटस्थापना शुरु भएदेखि दशैं मनाउन राजधानीबाट बाहिरिनेको सङ्ख्या बढ्दै गएको छ । यसले गर्दा अहिले शहर, बजार रित्तदै गएका छन् भने गाउँ भरिँदै गएका छन् ।

दशैं–तिहार मनाउन काठमाडौंबाट गाउँमा मात्र हैन विदेशबाट पनि यही समयको मौका मिलाएर पनि नेपाल आउने गर्छन् । भारतबाट लाखौं सङ्ख्यामा यो समयमा घर फर्कने गरेका हुन्छन् । मजदुरी, रोजगारी र अध्ययनका लागि जिल्ला बाहिर गएका पनि दशैं मनाउन गाउँ घर फर्किँदै छन् ।