ढल्केवर, माघ १२ गते । जनकपुरधाममा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जनमत पार्टीका कार्यकर्ता जनकपुरधामस्थित राष्ट्रियसभा निर्वाचन स्थलमा प्रवेश गरेर मतदान प्रक्रिया अवरुद्ध गर्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो ।
जनमतका कार्यकर्ताले मल देऊ, अनि मात्र मत खसाउ भन्दै प्रदर्शनमा गरिरहेका छन् ।
सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका छन् । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस समेत प्रहार गरेका छन् ।
यता झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत रहेको सो पार्टीले जनाएको छ ।