चरीकोट, मङसिर २६ गते । सेवाबाट सहजै मेवा मिल्ने भएकाले महिलाहरु नर्सिङ शिक्षाप्रति आकर्षित भएका छन् । अन्य सङकायभन्दा नर्सिङ शिक्षा परीक्षा उत्तीर्ण हुने वित्तिकै अहिलेसम्म जागिरको सुनिश्चितसमेत रहेकाले उनीहरु यसप्रति आकर्षित भएका दोलखाको सदरमुकाम चरीकोटमा सञ्चालित नर्सिङ शिक्षा लिइरहेकाहरु बताउँछन् । 

भीमेश्वर नगरपालिका–६ मा सञ्चालित च्छोरोल्पा जनरल अस्पताल प्रालिले सञ्चालित नर्सिङ शिक्षा लिन दुर्गमको हुम्ला समेतबाट आएका छन् । हुम्लाबाट आउनुभएकी पेमा योन्जन तमाङले भन्नुभयो, हुम्लामा ङङबल्ल शिक्षा सङकायमा मात्र पढाइ हुन थालेको छ । नर्सिङ त छँदै छैन । नर्स बनेर पिछडिएको हुम्लाका महिलाहरुलाई सेवा दिने तीव्र इच्छाले यहाँसम्म आउन वाध्य हुनुपरेको हो । अरु विषय पढेर जागिर पाउन गा¥हो पनि छ । 

हुम्लामा अस्पताल भए तापनि डाक्टर र नर्स बस्नै मान्दैनन् । उहाँले भन्नुभयो, वाध्य भएर हाजिर हुन जान्छन् । केही दिन बसेपछि सरुवा भएर जाने गर्दछन् । फेरि अर्को आउन वर्षौँ लाग्छ । यस्तो हुँदा अपेक्षित उपचार पाउनै गा¥हो छ । यो अवस्था देखेर पनि गाउँमा बसेर सेवा दिने लक्ष्यले पश्चिमबाट पूर्व आएर पनि यो विषय अध्ययन गरेकी हुँ । 

उहाँकी ठूलीआमाले बेलामा उपचा।र नपाएर बच्चा जन्माउन नसक्दा बच्चा पेटमै कुहिएर ठूलीआमाको मृत्यु भएको थियो । यो टडकारो दुःख आँखामै झलझली भएर अरुलाई त्यस्तो हुन दिन्न भन्ने प्रतिवद्धता गरेर नर्सिङ शिक्षा लिएको उहाँले विगत सुनाउनुभयो । 

बीएन शिक्षा लिएर गाउँमा राम्रै उपचार दिने आकांक्षा राख्नुहुने तेश्रो वर्षमा अध्ययन गर्ने पेमाले भन्नुभयो, कोरानाले एक वर्ष लम्ब्यायो । नभए यतिखेर नर्स बनेर गाउँका विशेष गरेर महिलाहरुलाई सेवा दिन्थे होला । आँतुर भएकी छु । कति बेला गाउँ गएर सेवा दिउँ भन्ने रातदिन चिन्ता लागिरहेको छ । म जस्तै सिन्धुली, रामेछापलगायतका जिल्लाबाट अध्ययन गर्ने पनि हुनुहुन्छ । 

यहाँकै नगरपालिका–६ की सीमा थापा पनि हजुरअमाको सामान्य रोग उच्च रक्तचापको बेलामा उपचार नहुँदा मृत्यु भएको चोटल नर्सिङ पढेको सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, सानैमा परेको यो चोटले एएनएम पेढर गाउँमा सेवा गरेँ । गाउँमा झन् दर्दनाक घटनाहरु रहेछन् । यसले मलाई बीएनसम्मको अध्ययन गर्न बाध्य पारेको छ । नर्सिङ सिध्याएपछि पनि गाउँमा नै गएर सेवा गरी मेवा हत्याउने आशामा छु । 

यहीँ अध्ययनरत उत्तरी दुर्गम चङखुकी लमछेकी शेर्पा पनि गाउँमा धामी झाँक्र्रीमा विश्वार गरेर धेरै महिलाले अकालमै जीवन गुमाएको नर्सिङ पढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, गाउँमा अन्धविश्वासप्रतिको चेतना जगाएर अकाल मृत्यु हुनबाट बचाउने ठूलो अपेक्षा राखेकी छु । अब दुई वर्ष पढेर करारमै भए पनि जागिर खाएर गाउँका विपन्न गरिबहरुको सेवा गर्छु । सेवा गरेबापत मेवा त पाइहाल्छु । अहिलेसम्म नर्सको जागिर नर्सिङ शिक्षालाई दरिलो बनाउन र जिल्लाकै स्वास्थ्यमा अब्बल बनाउन यहाँ मेडिकल कलेज स्थापना गर्ने पहल भइरहेको छ ।

च्छोरोल्पा अस्पतालका सञ्चालक पृथ्वीबहादुर श्रेष्ठले भन्नुभयो, चरीकोट बजारमा मात्र सरकारीसहित तीन वटा अस्पताल सञ्चालित छन् भने अरु पनि सञ्चालन गर्न अग्रसर भइरहेका छन् । जिरी नगरपालिकामा जिल्ला अस्पताल सञ्चालित रहेको छ । कालिञ्चोक गाउँपालिकमा सिँगटी अस्पताल सञ्चालनमा रहेको छ ।

अरु छ वटा स्थानीय तहमा पनि अस्पताल सञ्चालन गर्न सुरु भइसकेको छ । कोभिड अस्पताल पनि सञ्चालनमा आइरहेका छन् । स्वास्थ्यका क्षेत्रमा यसरी फड्को मारिरहेकाले यहाँ मेडिकल कलेज स्थापनाका अति जरुरी भइसकेको छ । सिन्धुली, रामेछाप र सिन्धुपाल्चोकसमेतलाई पनि यहीँ नै पायक पर्छ । होस्टेमा हैँसे भए यो काम भएरै छाड्ने उहाँको दाबी रहेको छ ।

अस्पताल स्तरोन्नति पनि भइरहेको छ । ५५ शय्याबाट एक सय शैय्याको बन्ने अन्तिम तयारी भइसकेको छ । अस्पताललको पाँच रोपनी जग्गामा आप्mनै भवन बनिसकेको छ । जटिल खाले शल्याक्रिया सेवाका लागि पूर्वाधार तयार भई चिकित्सकको व्यवस्थाका लागि सूचना आह्वान पनि भएको उहाँले जानकारी दिनुभयो । 
अस्पतालमा छ जना चिकित्सक, २० जना नर्स रहेका छन् भने दैनिक दुई सयले सेवा पाइरहेका छन् ।

अस्पतालले नर्सिङ कजेल पनि सञ्चालनमा गरिरहेको छ । सहज तथा सुलभ सेवा प्रदान गर्न मध्यपुर थिमी भक्तपुर अस्पतालसँग समन्वय गरेको छ । अस्पतालले हप्तामा एक पटक निःशुल्क जाँच तथा परामर्श शिविर सञ्चालन गदै आएको छ । यसबाट पाठेघर खस्ने रोग, हाडजोर्नीसम्बन्धी र बालरोगका सयौँले सेवा पाएका छन् ।