काठमाडौँ, पुस २८ गते । सार्वजनिक जग्गामा बनेका घर–टहरा काठमाडौँ महानगरपालिले भत्काएको छ । बुधबार काठमाडौं महानगर– १६ स्थित म्हैपी मन्दिरको सार्वजनिक जग्गामा बनेको घर–टहरा महानगरपालिकाले भत्काएको हो । म्हैपी मन्दिरको पश्चिमतर्फ विष्णुमती पुलहुँदै नयाँ बसपार्क पुग्ने बाटोमा रहेको आठ आना जग्गामा अनधिकृत रुपमा बनाइएको घर–टहरा महानगरले भत्काएको हो ।

गुठीको जग्गा भए पनि सो जग्गाको नक्सा पास छैन । नक्सा पास नगरी मनलाग्दी तरिकाले गुठी संस्थान र मन्दिरका पदाधिकारीको मिलेमतोमा घर बनाउन दिएको खुलेपछि महानगरले घर–टहरा भत्काएको स्थानीय सुमेश न्यौपानेले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकाले पछिल्लो समय सार्वजनिक स्थलमा बनेका टहरा भत्काउने अभियान नै चलाएको छ ।