विश्व चर्चित फुटवल खेलाडी लियोनल मेस्सीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । मेस्सी अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अर्जेन्टीनाका खेलाडी मेसी अहिले फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आबद्ध छन् । उनलाई सङ्क्रमण भएको कुरा फुटबल क्लब पीएसजीले नै पुष्टि गरेको जनाइएको छ ।

सङ्क्रमण पुष्टि भएसँगै उनले अहिले तत्कालका लागि तय भएका खेलहरु गुमाउने छन् । उनीसँगै सङ्क्रमित भएका अन्य तीन सहकर्मीहरुले पनि स्वास्थ्य मापदण्डअनुसार आइसोलेसनमा बसेको अधिकारीहरुले जनाएका छन् ।

अति तीव्र गतिमा फैलिने भनिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट युरोपेली मुलुकहरु अहिले नराम्रोसँग प्रभावित भएका छन् ।

-गोरखापत्र