एच.टिभी खबर तथा प्रहरी प्रभाग कपनको सहकार्यमा यहि माघ ७ गते बृहत रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ । 

लायन्स क्लब अफ काठमाडौं टि कपन, लायन्स क्लब अफ काठमाडौं साझा फूलबारीको आयोजनामा हुन लागेको सो रक्तदान कार्यक्रम २०७९ माघ ७ गते शनिबार बु.न.पा १० कपन स्थित ह्याण्डबल चौर, गणेश मन्दिरमा सञ्चालन हुने छ। 

उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को विषेश सहयोग रहनेछ ।

सो कार्यक्रम तोकिएको मिति तथा स्थानमा बिहान ११ बजे देखि शुरु गरिने कपन प्रहरी प्रभागका प्र.नि. कृष्ण बस्यालले जानकारी दिएका छन् ।