काठमाण्डौ क्षेत्र नं ४ मा गगन थापाले  सुरुवाती अग्रता कायम गरेका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं १ को जयभद्रकाली विद्यालयको मतगणना गर्दा उनले अग्रता कायम गरेका हुन्।

वडा नं १ को १५११ मत गन्दा थापाले ६६७ मत प्राप्त गरेका छन भने डा.भट्टराईले ६३३ मत प्राप्त गरेका छन।

काठमाण्डौ क्षेत्र नं ४ मा कुल मतदाता ६९,६५२  रहेका छन। निर्वाचन आयोगले प्रकासित गरेको अन्तिम नामावली अनुसार काठमाण्डौ क्षेत्र नं ४ का १२ वटा वडाको कुल मतदाता ६९ हजार६ ७  सय ५२  रहेको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा सबैभन्दा बढी मत काठमाण्डौ महानगरपालिका वडा नं ७ मा रहेको छ भने सबै भन्दा कम मत बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको छ।

काठमाण्डौ क्षेत्र नं ४ मा ३१ जना उम्मेदवार रहेका छन जसमा २९ पुरुष र २ महिला उम्मेदवार रहेका छन। क्षेत्र नं ४ मा ३६,२७७ महिला मतदाता रहेका छन भने ३३,४७४ पुरुष मतदाता रहेका छन।