काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.राजन भट्टराईलाई बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा न्यानो स्वागत गरिएको छ।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) मा नेकपा एमालेका तर्फबाट प्रदेस सभा सदस्यको उम्मेदवार रहेका जयराम थापाको गृह वडामा पुग्दा स्थानीयहरुले निकै उत्साहपूर्ण रूपमा स्वागत गरेका थिए।

नेकपा एमालेका बागमती प्रदेस सभा सदस्य तथा बुढानिलकण्ठका प्रथम प्रमुख उद्दव खरेल , जिल्ला कमिटी सदस्य तथा काठमाण्डौ क्षेत्र नं ४ का संयोजक विदुर विक्रम खड्का,निवर्तमान वडा अध्यक्ष राजेन्द्र खड्का सहित घरदैलोमा पुगेका डा.भट्टराई र थापाले स्थानीयहरु संग अन्तरक्रिया गर्दै मत मागेका थिए।

३ हजार ७ सय ७८ मतदाता रहेको बुढानिलकण्ठ नगरपालिका वडा नं २ का स्थानीयहरुले निकै न्यानो स्वागत गरेको जानकारी दिदै वडा कमिटी सचिव निशा बरालले नेकपा एमालेको पक्षमा दरिलो माहोल बनेको दावी गरेकी छन।