नव रुद्रेश्वर युवा क्लवको आयोजना तथा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा बूढानीलकण्ठ नगरपालिका वडा नं. २ बाँडेपाखा स्थित बि.एम.सि.ए. स्कूलमा नि;शुल्क स्वास्थ्य शिविर सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रम असोज ३० गते आइतबार बिहान ९ बजेदेखि करिव ३ बजेसम्म आयोजना गरिएको थियो ।

उक्त स्वास्थ्य शिविरमा जनरल मेडिकल, प्रसुति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, छाला क्रिया, हाड जोर्नी तथा नसा रोग, नाक, कान घाटी, आँखा रोग, दन्त रोग, इ.सि.जि. (ECG), ल्याब टेस्ट (Lab Test), भिडियो एक्सरे लगायतका स्वास्थ्य सेवाहरु प्रदान गरिएको थियो। 

सो स्वास्थ्य शिविर मार्फत करिव ६०० जना व्यक्तिहरुले निःशुल्क सेवा प्राप्त गरेका थिए ।

शिविरमा सेवा पाएका बिरामीका लागि हस्पिटलको तर्फबाट काठमाडौं मेडिकल कलेजले शिबिरको OT को कागज लिएर गएमा एक बर्ष सम्मका लागि ( OT) अप्रेशनमा 50% र (OPT) बेड सहितका अन्यसेवाहरू २५ प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ। कम्युनिटी केयर नेपाल र जय नेपाल सेवा समिति बू.न.पा.२ तथा अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा जय नेपाल सेवा समिति बू.न.पा. २, कम्युनिटि केयर नेपाल र बूढानीलकण्ठ मोडेल कम्युनिटि एकेडेमिको सहयोग तथा सहकार्य रहेको थियो ।