एक हप्तामा देशभरबाट तीन हजारभन्दा बढीमा डेंगु पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार एक हप्तामा तीन हजार ४९५ जनामा डेंगु पुष्टि हुनुका साथै एक जनाको मृत्यु भएको हो । योसँगै नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । 

साथै, देशभरबाट ५० हजार २६३ जनामा डेंगु पुष्टि भएको छ  । डेंगु सङ्क्रमित घट्दो क्रममा भएपनि जोखिम कम भैनसकेको चिकित्सक बताउछन् ।