मस्कोले कीभको व्यापक प्रत्याक्रमणपछि युक्रेनको पूर्वी क्षेत्रबाट पछि हट्ने घोषणा गरिरहेका समय युक्रेनले भने आफ्नो सेनाले देशको पूर्वी क्षेत्रमा रणनीतिक नियन्त्रणबाट रुसी सेनालाई पछाडि धकेल्ने बताएको छ ।

युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम रिएक्टर पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।

रूसको आक्रमणविरुद्ध युक्रेनको लडाईंको गतिले मस्कोको सेनालाई सतर्क बनाएको छ, जसले रूसले महिनौं अघिदेखि नियन्त्रण गरेको क्षेत्र युक्रेनको पक्षमा ल्याएको छ । युक्रेनी सेनाले पोस्ट गरेको तस्वीरमा रूसी सेनाले छोडेको क्षेत्रमा फ्याँकिएका हतियार र परित्यक्त सैन्य सामानका बाकसहरू छरिएको देखिएको छ ।

“खार्किभ क्षेत्रको कुपियान्स्क र इज्युम जिल्लाका बस्तीहरू मुक्त गर्ने कार्य जारी छ,” युक्रेनी सेनाले रूसको आक्रमणको २ सय दिनपछि युद्धबारे गरेको जानकारीमा भनेको छ । यी प्रमुख आपूर्ति र बन्दोबस्तीका केन्द्रहरू हुन् । यिनीहरू यूक्रेनको पूर्वमा रूसले आफ्नो अग्रपङ्तीको स्थितिहरूलाई पुनः एकिकृत गर्न महत्वपूर्ण छन् ।

युक्रेनले उनीहरूलाई कब्जा गर्नु खार्किभमा मस्कोको सैन्य महत्वाकाङ्क्षामा गम्भीर आघात पुग्ने सैन्य पर्यवेक्षकहरूले बताएका छन् ।

युक्रेनी सेनाका प्रमुखले यस महिनाको सुरुमा आक्रमण सुरु भएयता रूसबाट तीन हजार वर्ग किलोमिटर (१,१५८ वर्ग माइल) क्षेत्र कब्जा गरिएको घोषणा गर्नुभएको थियो । यो सङ्ख्या राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार अबेर घोषणा गरेको कुल क्षेत्रफलभन्दा करिब एक तिहाइ बढी हो ।

उहाँले खार्किभ र इज्युमको बीचमा रहेको करिब चार हजार जनसङ्ख्या रहेको एउटा गाउँलाई युक्रेनी सेनाले कब्जामा लिएको घोषणा गर्नुभएको थियो । “महान युक्रेनी झण्डा चकालोभ्स्केमा फिर्ता गरिएको छ र यो जताततै यस्तै हुनेछ । हामी प्रत्येक युक्रेनी शहर र गाउँबाट कब्जा गर्नेहरूलाई बाहिर निकाल्नेछौं,” उहाँले भिडियो सम्बोधनमा भन्नुभयो ।

युक्रेनी अधिकारीहरूले यस हप्ताको अन्त्यमा प्रत्याक्रमणको ‘आश्चर्यजनक’ गतिको प्रशंसा गरेका छन् र आइतबार, देशको विदेश मन्त्रीले पश्चिमी सहयोगीहरूलाई परिष्कृत हतियारहरूको थप भण्डारको लागि अपील गर्न यो गतिको प्रयोग गरेका देखिन्छ ।

“हतियार, हातहतियार, हातहतियार वसन्त ऋतुदेखि नै हाम्रो एजेन्डामा रहेका छन् । युक्रेनको युद्धभूमिको सफलता हाम्रो साझा सफलता हो,” दिमित्रो कुलेबाले भन्नुभयो । “म साझेदारहरूप्रति आभारी छु जसले हाम्रो आग्रहप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हतियारको तत्काल आपूर्तिले विजय र शान्तिलाई नजिक ल्याउनेछ ।” युक्रेनको जितप्रति मस्कोको प्रतिक्रिया मौन रहेको छ, तर आइतबार बेल्गोरोडको सीमा क्षेत्रका एक अधिकारीले ‘हजारौं’ मानिसहरू सीमा पार गरेर खार्किभ क्षेत्र र रुसतर्फ भागेको बताएका छन् ।

एक हजारभन्दा बढी मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको अधिकारी व्याचेस्लाभ ग्ल्याडकोभले जानकारी दिए । यसैबीच रुसी सेनाले शनिबार आश्चर्यजनक घोषणा गर्दै खार्किभदेखि दक्षिणमा रहेको डोनेट्स्क क्षेत्रमा आफ्नो सैन्य प्रयास केन्द्रित गर्न आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्ने घोषणा गरेको छ ।

तर मस्कोले पनि वास्तवमा खार्किभतर्फ सुदृढ आक्रमण केन्द्रित गरिरहेको भन्ने घोषणाको केही समयपछि युक्रेनको यो भनाइ आएको हो । युक्रेनी सेनाले पुनः कब्जामा लिएको भनिएको शहरमध्येको एक बालाकलिया वरपर भीषण युद्धका प्रमाणहरू देखिएका छन् । त्यहाँ भवनहरू ध्वस्त वा क्षतिग्रस्त भएका थिए र सडकहरू मुख्यतया सुनसान थिए ।

महिनौंपछि पहिलो पटक साइकल चलाउन बाहिर निस्केकी युक्रेनी ५२ वर्षीया इरिना स्टेपानेन्कोले आफू तीन महिनासम्म आफ्नो भुईंतल्लामा लुकेको बताउनुभयो ।

“त्यहाँ गोलाबारी हुने धेरै डर थियो । यो डरलाग्दो थियो, “उहाँले रूसी अधिग्रहण र युक्रेनले शहरलाई पुनः कब्जा गर्ने प्रयासको सम्झना गर्नुभयो । आक्रमण अघि बालाकलियामा लगभग २७ हजार मानिसहरू बस्थे ।

उहाँले किभको सेनाले शहरलाई पुनः कब्जा गरेको देखेर आफूलाई राहत मिलेको तर भविष्यको बारेमा अझै चिन्तित रहेको बताउनुभयो । “मलाई चिन्ता छ । रूसीहरू फर्कन सक्छन् । गोलाबारी फेरि सुरु हुन्छ कि भन्ने अझै मलाई चिन्ता छ ।”

युक्रेनी प्रत्याक्रमणका बावजुद रुसी सेनाले अग्रपङ्तीमा र डोनेट्स्क क्षेत्रमा निरन्तर बमबारी जारी राखेको र गोलाबारीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच, जापोरिजझिया आणविक ऊर्जा केन्द्र र त्यसको वरपर जारी द्वन्द्वका कारण सन् १९८६ मा उत्तरी युक्रेनमा भएको चेर्नोबिल दुर्घटनाजस्तै अर्को आणविक घटनाको आशङ्का बढेको छ ।

युक्रेनको सरकारी आणविक निकायले आइतबार प्लान्टको छैटौं र अन्तिम रिएक्टर बन्द गरिएसँगै प्लान्ट पूर्णरूपमा बन्द भएको जनाएको छ ।

एनरगोएटम नामक आणविक केन्द्रको छैटौं रिएक्टरले तीन दिनदेखि प्लान्टका लागि नै ऊर्जा उत्पादन गरिरहेको र बाह्य ऊर्जा प्लान्टमा पुनःस्थापित भएपछि यसको सञ्चालन रोक्ने निर्णय भएको जनाएको हो ।

तथापि, केन्द्रले सुविधाको सुरक्षा सुनिश्चित गर्ने एक मात्र तरिका यसको वरिपरि एक असैन्यीकृत क्षेत्र सिर्जना गर्नु हो । सुविधाको सुरक्षा सुनिश्चित गर्ने एक मात्र तरिका यसको वरिपरि एक असैन्यीकृत क्षेत्र सिर्जना गर्नु नै रहेको केन्द्रका अधिकारीले बताएका छन् ।

-नेपालटिभी