फागुन १९ बाट प्रदर्शन हुने चलचित्र ‘छड्के २’को एक गीतमा -यापर भिटेनले स्वर दिनुहुने भएको छ । गीतको शब्द रचना तथा सङ्गीत पनि भिटेन स्वयंले तयार पार्नुभएको हो । कथा सुहाउँदो भएकै कारण आफूहरूले भिटेनको गीत चलचित्रमा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताउनुभयो ।

अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ग्याङस्टार जनरामा निर्माण भएको छ । चलचित्रमा अनमोलको भिन्न लुक्स देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगर मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहनुभएको छ । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले हुनुहुन्छ । रासस