पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७९० जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार ६७४ जनाको पीसीआर परीक्षणबाट ७५ र दुई हजार ११६ जनाको एन्टीजेन परीक्षणमा ५१ कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १३७ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् भने मृत्युदर शून्य रहेको मन्त्रालयले जनाएको छ ।

देशभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार १२९ जना  छ ।