शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन का अध्यक्ष धावा लामा अध्यक्ष्यतामा वडा अध्यक्ष बु न पा ५ का वडा अध्यक्ष कृष्ण शाह ठकुरीको प्रमुख आतिथ्यमा बिष्णुमती थारथोक मध्यवर्ती समुहको पुनर्गठन भएको छ | बिष्णुमती थारथोक मध्यवर्ती समुहको साधारण सभामा समुहले आफ्नो हर हिसाब समेत पेश गरेको थियो | कार्यक्रममा बोल्दै समुहका अध्यक्ष रमेश दुलालले आगामी दिनहरुमा समुहले अझै राम्रो काम गर्ने बताए | कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्ण शाहले शिवपुरी नागार्जुन निकुन्ज स्थानीयको लाईफ लाईन भएको बताउदै यसको संरक्षण सबैको दायित्वो रहेको बताए | शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन का अध्यक्ष धावा लामाले कार्यक्रममा बोल्दै अबको दिनमा नीतिगत तहबाट मध्यवर्ती क्षेत्रमा रहने मानिसहरुको जीविकोपार्जनकोलागी निकुन्ज साधक बन्नेमा आशावादी रहेको बताए | बिष्णुमती थारथोक मध्यवर्ती समुहकोकार्यसमिति का पदाधिकारी हरु

अध्यक्ष -रमेश दुलाल

उपाध्यक्ष -इन्दु मल्ल ठकुरी

सचिव - विजेन्द्र पुडासैनि

सह सचिव -अप्सरा ठकुरी

कोषाध्यक्ष -सीता दुलाल

यूवा सदस्य -अभिजित ठकुरी

महिला सदस्य -कल्पना ठकुरी