कपनमा भीषण आगलागी भएको छ । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगो कसरी शुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको घटनास्थलमा खटिएका एकजना सुरक्षा अधिकृतले  बताए ।