साफ यू–२० च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आयोजक भारतसँग लज्जासपद हार खेपेको छ । भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा आइतबार साँझ भएको खेलमा नेपाल भारतसँग ८-० गोलले पराजित भयो । 

भारतको जितमा पार्थिव सुन्दर गोगोईले दुई गोल गर्नुभयो । टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिव र सुभो पाउलले एक एक गोल गर्नुभयो । भारतलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने सपना बुनेको नेपालको योजना सफल हुन सकेन । 

लिग चरणको अन्तिम खेलमा नेपालले अब मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल जितेपनि नेपालको फाइनल यात्रा अरुको नतिजामा भर पर्नेछ । हारसँगै नेपालको तीन खेलबाट ६ अंक छ । भारतले पनि ६ नै अंक बनाएको छ । शीर्षस्थानमा रहेको बंगलादेशको समान खेलबाट ९ अंक छ । 

एक एक अंक बनाएका माल्दिभ्स र श्रीलङ्काले प्रतियोगिताबाट बाहिरिएका छन् । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच शुक्रबार फाइनल प्रतिस्पर्धा हुनेछ ।