प्रहरी प्रभाग बुढानीलकण्ठमा नयाँ प्रहरी निरिक्षकको आगमन भएको छ । 

करिव १ वर्षको अवधिमा आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गरि प्रमुख प्रहरी निरीक्षक अनिल ठकुरीलाई आज बिदाई गरिएको हो। बिदाईका साथमा सो प्रभागमा कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक दिपेन्द्र बहादुर चन्दलाई स्वागत गरिएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, सदस्यहरु, संघ-संस्था, संगठन लगायतको उपस्थितिमा नवनियुक्त प्रमुख प्र.नि चन्दलाई स्वागत तथा प्र.नि ठकुरीलाई बिदाई गरिएको हो ।