रातो घर फाउण्डेशनको आयोजना तथा बुढानीलकण्ठ नगरपालिका वडा नं १ को व्यवस्थापनमा आज तौलुङ्ग चौतारामा मातृभाषा कविता गोष्ठी सम्पन्न भएको छ ।

अन्तरराष्ट्रिय मातृभाषादिवसको अवसरमा आज विभिन्न श्रष्टाहरुले विविद् भाषामा कविता वाचन गरिएको थियो ।     

देशभरिका विभिन्न भाषाका प्रख्यात कविहरु र सांस्कृतिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

मातृभाषाको संरक्षण गर्नका निमित्त दैनिक प्रयोगमा लेराउँदा नै हामीले आफ्नो मातृभाषाको जर्गेना र विस्तारको गर्दै लग्न सकिने भन्ने उद्धेश्य तथा लक्ष्य सहित यस कार्यक्रमको आयपजना गरिएको थियो । 

आजको कविता गोष्ठि कार्यक्रमका सञ्चालक समेत रहनुभएका कवि स्नेह साय्मीले भन्नुभयो "मातृभाषा दिवसको महत्व हरेक दिन हुनुपर्दछ, हामीले हाम्रो भाषा दैनिक बोल्दा मात्र पनि यसको संरक्षण स्वत हुन्छ" ।   

कार्यक्रममा आ-आफ्नो मातृभाषामा कविताहरु प्रस्तुत गर्नेमा बान्तवा भाषामा खारुमी राई, थारु भाषामा भुमिका थारु, चाम्लिङ्ग भाषामा बुङातुङ्ग चाम्लिङ्ग, मगर भाषाबाट राकेहा बुढा मगर, केवरत भाषाबाट हेमन्ती केवरत, मधु राईद्वारा नेपाल भाषाको गीत, शोभा सुरुवारद्वारा सुनुवार भाषाको कविता, बिना थिङ्गले नेपाली भाषा, प्रशान्त डंगोल र इन्द्रमान महर्जनद्वारा नेपाल भाषा, गीता त्रीपाठी र आर.एम डंगोलद्वारा नेपालीमा, लक्ष्मि माली र स्नेह सायमीद्वारा नेपाल भाषामा र नगर उप-प्रमुख अनिता लामाले आफ्नो मातृभाषा तामाङ्ग भाषामा आफ्नो कविता वाचने गर्नुभएको थियो । 

त्यसका साथै वडा तथा नगरपालिकामा छरिएर रहेका विभिन्न भाषा, कला, बाजागाजा तथा संगितहरुको समेत प्रस्तुतिहरु रहेको थियो।