शनिबार फेरि पश्चिम नेपालमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङ जिल्लाको बतादेवल आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि डोटी केन्द्र भएर मंगलबार राति ९ बजेर सात मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । 

बुधबार बिहान २ बजेर १२ मिनेट डोटीकै खप्तड निकुञ्च नै केन्द्रबिन्दु भएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर जाँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पले १० घर भत्काउँदा आठ जना घाइते भएका थिए ।