बुढानीलकण्ठ नगरपालिका वडा नं ५ डाँडागाउँ तथा चिसेनीमा संयुक्त रुपमा सञ्चालित होम स्टे (Home Stay) तालिम सम्पन्न भएको छ । Co-operation Society Nepal (CSN) को आयोजनामा वडा नं ५ मा भएको उक्त कार्यक्रममा तालिम प्राप्त प्रशिक्षार्हरुलाई तामाङ्ग सभ्यता, संस्कृति तथा मौलिकता झल्किने तथा त्यहाँको थप सामुदायिक Home Stay प्रवर्द्धनका निम्ति टुङ्ना, डम्फु र अन्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

उक्त तालिम कार्यक्रम नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) को आर्थिक सहयोगमा सञ्चालित रहेको थियो । "हाम्रो कला, संस्कृती, सम्पदा, मौलिकताको संरक्षण र संवर्द्धन गर्दै जिविकोपार्जन गर्ने महत्वपूर्ण माध्यम घर बास (Home Stay) व्यवस्थापन" भनिने प्रमुख उद्धेश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो । प्राकृतिक श्रोत साधनको सदुपयोग गर्दै मौलिक, धार्मिक, सांस्कृतिक मुल्य र मान्यताहरुलाई आत्मासाथ गरि पर्यटन सँग जोडेर स्वदेश तथा विदेशबाट आउनुहुने पाहुनाका लागि सेवा प्रदान गर्नका लागि वडाका प्रशिक्षार्थीहरुलाई तालिम प्रदान गरिएको छ ।

समापन कार्युक्रममा क्षेत्र न.५ प्रदेश `ख´ का माननीय आदरणीय श्याम बहादुर खड्काको प्रमुख आतिथ्यता, नेपाल पर्यटन बोर्डका प्रतिनिधी, नगरपालिकाका उप प्रमुख अनिता लामा, तथा वडा नं ५ का वडा अध्यक्ष कृष्ण शाह ठकुरी, वडा सदस्यहरु,स्थानिय लगायतको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा वडा प्रमुख कृष्ण शाह ठकुरीले ५ दिने तालिमको अझ प्रभावकारिता बढाउँन छिटै नेपालकै पहिलो घरबास सिरुबारी भ्रमणको पनि प्रतिबद्धता गरेका छन् ।