नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।
केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधन गर्ने क्रममा ओलीले निर्वाचनमा नजाने घोषणा गरेका हुन् ।एमाले केन्द्रीय कमिटी बैठक गत बुधबारबाट जारी छ । आजसम्म चलेको बैठकको अन्तिममा ओलीले समापन मन्तव्य दिएका थिए ।सोही क्रममा उनले निर्वाचनमा सहभागी नहुने घोषणा गरे ।तर, ओलीको उक्त घोषणामा उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरे ।उनीहरूले ओलीको घोषणामा फरक मत राखेपछि केहीबेर हल्लाखल्ला भएको थियो ।नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले ११ औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरेको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै केन्द्रीय कमिटीको बैठकले नयाँ नेतृत्वको व्यवस्थापन राष्ट्रिय ११ औं महाधिवेशनमार्फत गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिकृयाहरु