बूढानीलकण्ठ युवा समाजले आयोजना गरेको ५औँ बूढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिताको फाइनल खेलमा आज पुर्ब बिजेता शिवपुरी युवा क्लब बु.न.पा ४ र आयोजक बूढानीलकण्ठ युवा समाज बु.न.पा ५  उपाधिको लागी भिड्ने भएका छन् ।नगरकपको दोश्रो  संस्करणमा समेत यी दुई टिम फाईनल खेलेका थिए उक्त खेलमा शिवपुरी २-१ ले बिजयी भएको थियो । शनिबार दिनको २ बजे संचालन हुने फाईनल खेल बूढानीलकण्ठ स्कुलको खेल मैदानमा हुने छ ।पुर्ब बिजेता शिवपुरी यूवा क्लबले वासिकु क्लब बु.न.पा २ लाई पेनाल्टीमा हराउदै फाईनल पुगेको थियो भने आयोजक बूढानीलकण्ठ युवा समाजले ड्रयागन क्लब बु.न.पा १३ लाई पेनाल्टी मा हराउदै शिवपुरी संगको भेट पक्का गरेको हो । आज हुने फाईनल खेलको बिजेताले उपाधी सहित  नगद ७५००० प्राप्त गर्ने छ । प्रतियोगिताको उत्कृष्ट विधा तर्फ उत्कृष्ट गोल रक्षक ,मिड फिल्डर ,रक्षक ,टिम ,फरवार्ड ,र उत्कृष्ट ब्यबस्थापक समेत घोषणा गरिने छ ।