काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका नेपाली टोलीको अन्तिम नामावली सार्वजानिक गरेका छन् ।

माघ १५ र १८ मा हुने दुई खेलका लागि दुई टोली घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

टोलीको घोषणापछि अल्मुताइरीले राम्रो नतिजाको अपेक्षाभन्दा पनि खेलाडीलाई ‘एक्सपोजर’ दिनमा बढी ध्यान दिएको बताएका छन् । ‘म खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलहरूमा ‘एक्सपोजर’ पाउन भन्ने चाहान्छु । यसले उनीहरूलाई थप अनुभव दिइ भविष्यको लागि तयार गर्न मद्दत गर्नेछ । म नतिजा भन्दा राम्रो प्रदर्शनको अपेक्षा गरिरहेको छु,’ उनले भने ।

अल्मुताइरीले प्रारम्भिक चरणमा प्रशिक्षणमा बोलाएका सबै खेलाडीलाई टोलीमा राखेका छन् । उनले पहिलो पटक प्रारम्भिक अभ्यासमा स्थान पाएका ९ खेलाडीलाई स्थान दिएका छन् ।

नयाँ खेलाडीमा गोलरक्षक टिकेन्द्र थापा, शत्रुघन चौधरी, मिडफिल्डर सुदीप गुरुङ, आकाश बुढा मगर, नविन गुरुङ, आशिष राई, सुशिल राई फरवार्डमा कृतिश रत्न छुन्जु र प्रशान्त अवस्थी छन् ।

यस्तै, जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, सुभाष गुरुङ, एरिक विष्ट र देवेन्द्र तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

दुवै खेलका लागि कुल क्षमताको एकतिहाई दर्शकलाई रंगाशाला प्रवेश दिइने एन्फाले जनाएको छ । रंगाशालामा प्रवेश गर्दा दर्शकले सरकाले लागू गरेका सबै स्वास्थ्यका मापदण्डहरू पालना गर्नु पर्नेछ । दशरथ रंगाशालामा हुने दुवै खेल पौने ५ बजे सुरु हुनेछ ।

पहिलो खेलका लागि नेपाली टोली :

किरणकुमार लिम्बु, दिप कार्की, टिकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देभेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन बिष्ट, आषिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुडा मगर, क्रितिस रत्न छुन्जु, जग्जित श्रेष्ठ.

दोस्रो खेलका लागि नेपाली टोली :

किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, सत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देभेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ती मगर, अनन्त तामाङ, आशिष राई, एरिक बिष्ट, सुसिल राई, प्रशान्त अवास्ती, सन्तोष तामाङ