बूढानीलकण्ठ नगरपालिकामा हप्ताको ३ दिन ‘एन्टिजेन’ परिक्षण हुदैँ छ । वडा नं ०३ घुम्ति स्वास्थ्य चौकि र कपन चौकिमा सोमबार र बिहिबार भईरहेको कोरोना भाईरस ‘एन्टिजेन’ परिक्षण अब सोमबार, बुधबार र शुक्रबार गरि तीन दिन हुने भएको हो । कोभिड-१९ संक्रमण बढ्दो मात्रामा देखिएकोले परिक्षणको दिन बढाएको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

संक्रमणको लक्षण देखिएका व्यक्त्तिहरुले हप्ताको ३ दिन १२ बजे देखी ३ बजे सम्म वडा नं ०३ स्थित घुम्ति स्वास्थ्य चौकि र वडा नं ११ स्थित  कपन स्वास्थ्य चौकिमा गई ‘एन्टिजेन’ परिक्षण गर्नुहुन महाशाखाले अनुरोध गरेको छ ।

सामान्य रुघा खोकि बाहेक निरन्तर ज्वोरो आउने, स्वास लिँदा गार्हो हुने, थकाई लाग्ने, खानेकुराको स्वाद\गंध नहुने, मांसपेशि(पेट) दुख्ने आदि जस्ता लक्षणहरु देखा परेमा कोरोना भाईरस को संक्रमणको डर हुने भएकोले यस्तो अवस्थामा तुरुन्तै स्वास्थ्यकर्मिको सहयोग लिई परिक्षण गराउन नगर प्रमुख उद्धव प्रसाद खरेलले नगरवासीहरुमा अपिल गर्नु भएको छ ।

पिसिआर परीक्षणले शरीरमा भाइरसको संक्रमण रहे–नरहेको पहिचान गर्छ भने एन्टिजेन परीक्षणले पनि कोरोना भाइरस छ कि छैन् भनेर  पहिचान गर्ने हुँदा ‘एन्टिजेन’ परिक्षण नेपाल सरकारले नै मान्यता दिईसकेको स्थिति छ ।

परिक्षण गरेपछि नतिजा नआउनजेल सम्म ‘होम आईसोलेसन’ अथवा ‘क्वारेन्टिन’मा  बस्नुहुन स्वास्थ्यकर्मिहरुले अनुरोध गर्नु भएको छ ।

साथै घरका कोहि सदस्य भित्र-बाहिर आवत जावत गर्नुहुन्छ भने घर भित्र प्रवेश गर्दा कीटाणुनाशक औषधि छर्कने जस्ता न्युनतम स्वास्थ्य सुरक्षा विधि अपनाई सुरक्षित रहन सचेत गरिएको छ ।