बूढानीलकण्ठ नगरपालिकाको कार्यपालिकाले पुर्णता पाएको छ । नगरपालिकामा आज भएको दलित वा अल्पसंख्यक निर्वाचनबाट ३ जना निर्वाचित भए सँगै नगर कार्यपालिकाले पुर्णता पाएको हो ।

आज भएको दलित वा अल्पसंख्यक निर्वाचनमा (नेकपा एमाले) का राम कुमार रोक्का ४३ मत, (नेकपा एमाले) को तर्फबाट सुनिता दर्जिले ४३ मत, (नेकपा एमाले) बाट मेन्देक शेर्पाले ४३ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनिहरुका निकटम प्रतिद्वन्दि नेपाली काँग्रेसको उम्मेद्वार तारा रोक्काले २२ मत मात्र प्राप्त गरेकी थिईन् ।

 

६७ सदस्यीय नगरकार्यपालिकामा महिला प्रतिनिधित्व ५१% रहेको छ ।

यस्तै महिला सदस्य पदका लागि ज्येष्ठ १४ गते ५ जना निर्विरोध निर्वाचित भएका थिए । निर्वाचनको लागि ५ जनाले मात्र मनोनयनपत्र दाखिला भएकाले सो पदमा प्रतिद्वन्द्वी नभएका कारण सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित हुने महिला सदस्यहरुमा नेकपा (एमाले) कि रिता दाहाल सहित सोहि राजनितिक पार्टीका रिना श्रेष्ठ, सान्ता ढकाल (पुडासैनी) , राममाया महर्जन र गोमा मंग्रान्ती छन् ।

यससँगै नगरकार्यपालिकामा निर्वाचित हुनु भएका सदस्यहरुलाई आज निर्वाचत अधिकृतको कार्यालयले प्रमाण पत्र सहित सम्मान गरेको थियो ।

नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई सोहि दिन नगरपालिकाको कार्यलयमा एक विशेष समारोह विच नगर प्रमुख मिठाराम अधिकारीले सपथ ग्रहण गराउनु भएको छ ।

सपथ ग्रहण कार्यक्रममा निर्वाचित प्रतिनिधिहरुलाई बधाई दिँदै नगर प्रमुख अधिकारीले सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । साथै उहाँले नगर कार्यपालिकाको कार्य सम्पादन, गती र क्षमता वृद्दि गर्दै लैजाने विषयलाई जोड दिनुभएको छ ।

कार्यक्रममा उप-प्रमुख अनिता लामाले कार्यपालिकामा महिला प्रतिनिधि संख्या ५१ % भएकोमा खुसि व्यक्त गर्दै लैङ्गिक मैत्रि नगर कार्यपालिका गठन गर्न सहयोग गर्नुहुने समपुर्ण मतदातालाई धन्यबाद दिनु भएको थियो ।

सोहि कार्यक्रम मार्फत नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछानेले कार्यपालिकाले पुर्णता पाएसँगै अब विषयगत समितिहरु पनि १ साता भित्र गठन गरिने बताउनुभएको छ ।