महोत्तरीको जलेश्वर नगरपालिकास्थित आगेपुरमा धारिलो हतियार प्रहार गरी ६० वर्षीय पुरुषको हत्या गरिएको छ । जलेश्वर नगरपालिका–९ आगेपुरका ६० बर्सिया बेचन राइनलाई सोमबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सोमबार साँझ करिब ७ बजे राइनको हत्या भएको जानकारी आएपछि हत्यामा संलग्न रहेको आशङ्कामा एक जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वेंगाशिवपुरका पप्पु भनिने अनिल मण्डल रहेको छ ।
लागु औषध सेवन गरी अचेत अवस्थामा रहेका मण्डललाई सोमबार साँझ नै पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृयाहरु